वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा ५० करोडभन्दा बढीको लगानीमा रिलायन्स सुपरटेक सिमेन्ट उद्योग सञ्चालनमा आएको छ। यसअघि औद्योगिक करिडोरमा बिश्वकर्मा, अम्बे, कलश, शालिमार, स्टार, ओम, आरसिएम, नारायणी, शुभश्री जगदम्बालगायतका सिमेन्ट उद्योगहरु सञ्चालनमा रहँदै आएका थिए। करिडोरअन्तर्गत बाराको गढीमाई नगरपालिकामा रिलायन्स सुपरटेक नयाँ सिमेन्ट उद्योग सञ्चालनमा आएको हो।
‘५० करोड रुपैयाँभन्दा बढी लगानी गरिएको उद्योगबाट एक महिनादेखि परीक्षण उत्पादन शुरु गरेका छौं’, रिलायन्स सुपरटेक सिमेन्ट उद्योगका प्रबन्धक पुरषोक्तम शर्माले भने, ‘उद्योगबाट पिएससी र ओआरसी गरी दुई किसिमको सिमेन्टको उत्पादन शुरु गर्न लागेका छौं।’
स्वचालित प्लान्ट जडान गरिएको उद्योगमा अहिले ५० जनाले रोजगारी पाएको प्रबन्धक शर्माले बताए। उद्योगबाट उत्पादन भइरहेको पिएससी र ओआरसी गरी दुई किसिमको सिमेन्टहरु दुई ब्राण्डको रहेको शर्माले जनाएका छन्।
‘पिएससी सिमेन्ट डलब ब्राण्ड र ओआरसी सिमेन्ट ब्रोम ब्राण्डको रहेको छ’, शर्मले भने, ‘उधोगबाट उत्पादीत दुई ब्रण्डको सिमेन्टहरु सरकारले तोकेको मापदण्ड भन्दा गुणस्तर रहेको छ।’
भारतबाट आयात गरिएको मेसिनलाई जर्मन प्रबिधिबाट उद्योगका जडान गरिएको र यसबाट दैनिक १२ हजार बोरा सिमेन्ट उत्पादन गर्ने सकिने शर्माले बताए। अहिले उद्योग परीक्षण कालमा रहेकोले यसबाट दैनिक दैनिक दुई सय देखि पाँच सय बोरासम्म मात्रै सिमेन्ट उत्पादन गरिएको उनले बताए।
उत्पादित सिमेन्टलाई पूर्वका जिल्लाहरु र ठूला आयोजनाहरुमा बिक्री गर्ने कार्य शुरु गरिएको उद्योगका अधिकारीहरुले बताएका छन्।
केही सयमपछि मात्रै उद्योगलाई पूर्ण क्षमतामा संचालन गर्ने योजना रहेको र क्लिङ्कर, स्ल्याग, जिपसन र कोइला लगायतकका कच्चा पदार्थ भण्डारण गर्न शुरु गरिएको प्रबन्धक शर्माले बताए। अन्य ठुला सिमेन्ट उद्योगका तुनामा लगानी कम भए पनि थोरै र गुणस्तरीय सिमेन्ट मात्रै उत्पादन गर्ने लक्ष्य रहेको शर्माले बताए।
‘उद्योगले नेपालमै उत्पादित क्लिङ्कर प्रयोग गर्नेे छ,’ शर्माले भने, ‘स्ल्याग, जिपसन र कोइलालाई भारतबाट आयात गरिने छ।’ उद्योेगलाई पूर्ण क्षमतामा सञ्चालन गर्नको लागि विद्युत अभाव मुख्य समस्या रहेको शर्माले बताए।
Source : www.nagariknews.com/

No comments:
Post a Comment