उपचारका लागि पाँचदिने शिशु र १९ वर्षीया सुत्केरी प्रीति गुरुङसहित गोरखाको फिलिमका ६ जना यात्रु बोकेर आएको फिस्टेलको हेलिकप्टर काठमाडौं विमानस्थलदेखि १० माइल (१ माइल बराबर १.६ किमि) अर्थात १६ किलोमिटर उत्तरपश्चिमको नुवाकोटे आकाशमा थियो । करिब ४ देखि ६ मिनेटपछि बालाजुपास नाघेर यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसक्थ्यो ।
तर दुर्भाग्य, निजी क्षेत्रको अग्रणीमध्येमै पर्ने फिस्टेल एयरको ५ वर्षअघि इटालीबाट खरिद गरेको सेकेन्ड ह्यान्ड बीटू हेलिकप्टर नुवाकोटको बेतनीस्थित चुच्चेभीरमा ठोक्कियो । ६१ वर्षअघि सुरु नेपाली उड्डयन इतिहासमा यो १०३ औं हवाई दुर्घटनामा यो लेखिन पुगेको छ । नागरिक उड्डयनका अनुसार त्यसमध्ये हालसम्म ९८ वटा आन्तरिक उडानमा रहेका जहाज नै दुर्घटनामा परेका छन्, जसमा सोमबार दुर्घटनामा परेको फिस्टेलको युरोकोप्टर बीटू ३२ औं हेलिकप्टर दुर्घटनाको सूचीमा परेको छ ।
काठमाडौंदेखि ३५ माइल (५६ किलोमिटर) हवाई दूरीमा पर्ने गोरखाको फिलिम पुग्न हेलिकप्टरले २० देखि २५ मिनेट समय लगाउँछन् । सोमबार बिहान क्याप्टेन रञ्जन लिम्बूले नै यो हेलिकप्टरलाई रसुवाको धुन्चे लगेका थिए । फिस्टेलका अर्का हेलिकप्टर पाइलट आशिष शेरचनका अनुसार त्यहाँबाट फर्केपछि लिम्बू साढे १० बजे फिलिमतर्फ उडेका थिए । १२ बजेतिर फिलिमबाट फर्केका उनले उडेको केही बेरपछि काठमाडौं टावरसँगै रहेको एप्रोच टावरलाई काठमाडौंबाट २५ माइल पर छु भनी लोकेसन टिपाएका थिए ।

विमानस्थलका निमित्त महाप्रबन्धक सुधीरकुमार चौधरीका अनुसार त्यसपछि उनले १५ माइल अनि १० माइलबाट आफ्नो अवस्था र उचाइबारे जानकारी गराएका थिए । १० माइलमा पुग्दा १२ बजेर २७ मिनेट गएको थियो । उड्डयन नियमअनुसार, १० माइलपछि हेलिकप्टरले एप्रोच टावरसँग संवाद गरिरहेको भीएचएफ फ्रिक्वेन्सी बदलेर टावरसँग संवाद गर्नुपर्छ । १२ बजेर २७ मिनेटमै १० माइलमा पुगेको हेलिकप्टरले टावरसँग कुराकानी नगरेपछि काठमाडौंको टावरबाट एटीसी तुलसीमाया पौडेलले हेलिकप्टरलाई कल गरेकी थिइन् ।
उनले कल गरेको ५ मिनेटपछि २७ वर्षीय क्याप्टेन रञ्जन लिम्बूले आफू काठमाडौंबाट १० माइलमै भएको र ५ हजार ५ सय फिट उचाइमा रहेको बताएका थिए । क्याप्टेन लिम्बू र एटीसी पौडेलबीच यो संवाद हुँदा १२ बजेर ३२ मिनेट भएको थियो ।
त्यसबेला एटीसी पौडेलले उडान उचाइ ४ हजार ८ सय फिटमा झार्दै बालाजु आसपासमा पर्ने हेलिकप्टरको बाटो मैजुल्यान्ड लेन पछ्याउँदै एक माइल पश्चिममा आएर खबर गर्न भनेकी थिइन् । तर, त्यसपछि टावर र लिम्बूको सम्पर्क हुन सकेन । १२:३२ मा भएको संवाद नै अन्तिम भयो ।
Source : kantipur.ekantipur.com/

No comments:
Post a Comment